सिन्धुपाल्चोक- सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका- १ पोखरीडाँडामा सामुदायिक वन अध्ययन केन्द्र भवनको शिलान्यास भएको छ।
सो भवनको शिलान्यास शुक्रबार, सभामुख अग्निप्रसाद सापकोटाले गरेका हुन्। शिलान्यास कार्यक्रममा बोल्दै सापकोटाले विश्वका सामुदायिक वन तथा वातावरण पढ्ने विद्यार्थीहरूको अध्ययन गर्ने केन्द्रका रुपमा यस अध्ययन केन्द्र स्थापना गरेको बताए। अस्ट्रेलियन राजदूतसँग पनि सिन्धुपाल्चोक सामुदायिक वनको जननी जिल्ला भएको र अध्ययन केन्द्रको विकासमा सहयोग गर्न आग्रह गरेको र सहयोगको प्रतिबद्धतासमेत जाहेर भएको सभामुख सापकोटाले बताएका छन्।
सापकोटा वन मन्त्री हुँदा निर्णय भएको थियो। सापकोटाले यो परियोजना निर्माणको लागी उल्लेखिनीय भूमिका निर्वाह गरेको वन अभियान्ताहरुले बताएका छन्।
सो कार्यक्रममा वन विभागका डिजी मनबहादुर खड्काले यो अध्ययन केन्द्र निर्माणको लागी सरकारले दिल खोलेर सहयोग गर्ने बताएका थिए। अहिले बन्न लागेको प्रशासनिक भवन करिब एक करोड ८८ लाख ६७ हजारभन्दा माथिको लागतमा बन्नेछ। अध्ययन केन्द्रका लागि १० भन्दा बढी भवनहरू बन्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।