काठमाडौं–ललितपुरको इमाडोलस्थित फोहोर व्यवस्थापन कार्यालयमा आगलागी भएको छ। ललितपुर प्रहरी परिसर प्रमुख टेकप्रसाद राईले घटनामा कुनै मानवीय क्षति भने नभएको बताए।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) राईले आगलागी ९० प्रतिशत नियन्त्रणमा आइसकेको बताए।
दमकलहरुको सहायताले आगो नियन्त्रणमा लिइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।