जनकपुर–ढल्केवर–जनकपुर राजमार्गअन्तर्गत जनकपुरको मुजेलियामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–१९ का ४५ वर्षीय विजय शर्मा रहेको प्रहरीले जनाएको छ। धनुषाधामबाट जनकपुरतर्फ आइरहेको बा२०प ६८३१ नम्बरको कार तीव्रगतिका कारण अनियन्त्रित भई पुलबाट तल पानीमा खसेर आज बिहान दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका कार चालक शर्मालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ। शर्माको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।