एजेन्सी–अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो पुस्तकमा भारतीय कांग्रेस नेता राहुल गान्धीका बारेमा टिप्पणी गरेका छन्।
ओबामाले पुस्तकमा गान्धी एक नर्भस र तयारी गरिरहेको विद्यार्थीजस्तै रहेको उल्लेख गर्दै भनेका छन्, ‘तर उनीभित्र विषयको मास्टर बन्ने प्रतिबद्धता वा योग्यताको कमि छ।’
ओबामाले आफ्नो कार्यकालको संस्मरणमा लेखेको पुस्तक ‘अ प्रोमिस्ड ल्याण्ड’ मा गान्धी र भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहका बारेमा लेखिएको छ। न्युयोर्क टाईम्सले अर्को हप्ता सार्वजनिक हुने कितावको समीक्षा गरेको छ। ओबामाले मनमोहन सिंहसँग अरुलाई आकर्षित गर्ने ईमान्दारिता रहेको लेखेका छन्।
७६८ पृष्ठको संस्मरणमा उनको राजनीतिक यात्रादेखि राष्ट्रपतिसम्मको आरोह–अवरोह समेटिएको छ। यसअघि पनि उनले केही पुस्तक लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।