काठमाडौं–त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि सांघातिक आक्रमण गर्ने दुई अभियुक्त धरौटीमा रिहा भएपछि न्यायााधीश विवादमा तानिएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको ईजलाशले उनीहरुलाई जनही ५० हजार धरौटीमा रिहा गरेको थियो। ज्यान मार्ने प्रयासको घटनाका अभियुक्तलाई सामान्य धरौटीमा रिहा गरेको भन्दै चलाउनेले न्यायपरिषदमा न्यायाधीविरुद्ध उजुरी दिएका छन्।
निरौलाको आदेशपछि गत आइतबार ज्यान मार्ने उद्योगका अभियुक्त सिरहा असनपुर– ९ का २३ वर्षीय रुपेश साह, २४ वर्षीय रविकुमार लामा, काठमाडौं–३३ का २३ वर्षीय निरज रानामगर र झापा गौरादह–५ का २३ वर्षीय सयुस भनिने सयुज श्रेष्ठ धरौटी बुझाएर छुटेका थिए।
जिल्ला अदालतका अनुसार घटनामा संलग्न भएको आरोपमा मुद्दा दायर भएका साह र लामा ५०–५० हजार , रानामगर ३५ हजार र श्रेष्ठ ३० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।
पुर्पक्षका लागि थुनामा पठाउनु पर्ने उपप्राध्यापक चलाउनेको दावी थियो। कोरोना महामारी र ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएपछि उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश अदालतले गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।