एजेन्सी–अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको चुनावी धाँधली दाबी अमेरिकी प्रजातन्त्रप्रतिको अवमूल्यन भएको बताएका छन्।
अमेरिकी सञ्चारसंस्था सिबिएससँगको अन्तर्वार्तामा उनले राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनले स्पष्ट रुपमा जित हासिल गरेको पनि बताए। ‘राष्ट्रपति ट्रम्प हार्न नचाहेको देखिएको छ,’ उनले भने।
निर्वाचनको मतगणना जारी रहँदा सञ्चारमाध्यमले गत साता निर्वाचनमा बाइडेनले जित हासिल गरेको बताएका थिए।
ट्रम्पले मतगणनामा धाँधली भएको दाबी गरे पनि त्यसको प्रमाण भने सार्वजनिक गरेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।