लन्डन- बेलायतको चेस्टर अस्पतालकी एक नर्समाथि आठ जना शिशुको हत्या गरेको र अन्य १० शिशुको हत्या गर्ने प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ३० वर्षीया लुसी लेटबीलाई यसअघि पनि सन् २०१८ र २०१९ मा छानबिनका लागि पक्राउ गरिएको थियो।
उनीमाथि लगाइएका आरोपहरू २०१५ जुनदेखि २०१६ जुनसम्म अस्पतालमा भएका घटनाहरु सम्बन्धित छन्। उनीमाथि लगाइएका आरोपहरू २०१५ जुनदेखि २०१६ जुनसम्म अस्पतालमा भएका घटनाहरूसँग सम्बन्धित छन्।
हेरफर्डकी लेटबीलाई वरिङ्गट म्याजिस्ट्रेट अदालतमा बिहीबार पेस गरिनेछ।
सन् २०१७ मा सुरु भएको अनुसन्धानका क्रममा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो।
प्रहरीले जारी गरेको एउटा विज्ञप्तिमा उनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको उल्लेख छ। ‘द क्राउन प्रोसिक्यूसन सर्भिसले चेस्टर अस्पतालमा कैयौँ बच्चाहरूको मृत्युको बारेमा गरिएको अनुसन्धानका क्रममा स्वास्थ्य सेवामा कार्यरत अधिकारीलाई हत्यासम्बन्धी अभियोग लगाउन प्रहरीलाई अधिकार दिएको छ‚’ विज्ञप्तिमा भनिएको छ‚ ‘मंगलबार घटनामा संलग्न सबै बच्चाका अभिभावकहरूलाई पछिल्लो घटनाबारे पूर्णरूपमा जानकारी गराइएको छ।’
उनीहरूलाई प्रहरी अधिकारीहरूले सहयोग गरिरहेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।