काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड तयार भएको छ। नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सोही हेलिप्याडबाट सेनाको हेलिकप्टरमार्फत् संखुवासभा पुगेका हुन्।
'प्रधानमन्त्रीज्यू नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा हिजो २०७७ साल कात्तिक २६ गते नवनिर्मित हेलिप्याडबाट नै पहिलो उडान गरिएको थियो', फेसबुकमार्फत् थापाले जानकारी गराएका छन्।
ओली साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएको थियो।
'यसबाट अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जान-आउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुने छैन', थापाले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।