काठमाडौं–सरकारले कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको हो।
पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।’
केही दिनबाट निमोनिया रोगबाट ग्रस्त भएका केसीको स्वाब परीक्षण गर्दा मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। पहिलेदेखि नै विभिन्न स्वास्थ्य समस्या रहेका केसीको अहिले मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।