डोटी–उच्च रक्तस्रावका कारण डोटीको दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको मृत्यु भएको छ।
चार दिनअघि दिपायलको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा सामान्यरूपमा शिशुलाई जन्म दिएकी उनको रक्तस्राव नरोकिएपछि उक्त अस्पतालले सेती प्रादेशिक अस्पताल रेफर गरेको थियो।
प्रादेशिक अस्पतालमा समेत उपचार गर्दा रक्तस्राव नरोकिएका कारण उनको मृत्यु भएको स्थानीयवासी योगेन्द्र कठायतले जानकारी दिए। नवजात शिशुको अवस्था भने सामान्य रहेको चिकित्सकले जनाएका छन्। मृतकका दुई छोरी तथा एक चार दिनको छोरा छन् । मृतकको बुधबार नै अन्त्येष्टि गरिएको परिवारले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।