काठमाडौं–कलंकीमा रोकिराखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ। अर्का एक जना घाइते भएका छ्न्।
मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई सीतापाइलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो। ट्रकले ठक्कर दिँदा ४ जना गम्भीर घाइते भएका थिए। उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल लगिएकोमा तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्तका डिएसपी अपिलराज बोहराले बताए।
मृत्यु हुनेमा नुवाकोटका २४ वर्षीय रोशन तामाङ, ३७ वर्षीय माधव घिमिरे र नाम खुल्न बाँकी अर्का एक जना रहेका छ्न्। घाइते नुवाकोटकै २२ वर्षीय विजय तामाङको भने उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।