एजेन्सी–आर्मेनिया र अजरबैजानबीच भएको शान्ति सम्झौतापछि रुसले नागार्नो काराबाखको विवादास्पद क्षेत्रमा रुसी शान्ति सैनिक तैनाथ गरेको छ। लामो समयदेखि जारी युद्धपछि रुसको मध्यस्थतामा सोमबार दुवै देशबीच शान्ति सम्झौता भएको थियो।
नागोर्नो काराबाख क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा अजरबैजानको अधिनमा मानिन्छ। तर सन् १९९४ पछि उक्त क्षेत्र आर्मेनियाली मुलका मानिसको नियन्त्रणमा रहेको छ।
रुसले गराएको शान्ति सम्झौताको अजरबैजानमा स्वागत गरिए पनि आर्मेनियामा भने विरोध जनाइएको छ। शान्ति सम्झौताअनुसार अजरबैजानले लडाइँका क्रममा कब्जा गरेको क्षेत्रमा नियन्त्रण कायम गर्न पाउनेछ। यसका साथै आर्मेनिया आफ्नो नियन्त्रणमा रहेको क्षेत्रबाट समेत पछि हट्न सहमत भएको छ।
अजरबैजानस्थित बिबिसी सम्वाददाताका अनुसार यो सम्झौतालाई अजरबैजानको जित र आर्मेनियाको हारका रुपमा लिइएको छ। सम्झौताप्रति असन्तुष्ट आर्मेनियालीहरुले प्रदर्शन पनि गरेका छन्। उनीहरुले प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।