नयाँ दिल्ली- भारतीय सर्वोच्च अदालतले रिपब्लिक टिभीका प्रधान सम्पादक एवम् टेलिभिजन कार्यक्रम प्रस्तोता अर्णव गोस्वामीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ। सर्वोच्चले ५० हजार धरौटीमा अर्णवलाई रिहा गर्न आदेश गरेको हो।
व्यक्तिको निजी स्वतन्त्रता हनन गर्न नसक्ने भन्दै धरौटीमा रिहा गर्ने आदेश गरेको हो। सर्वाेच्चका न्यायाधीश डिबाई चन्द्रचुड र इन्दिरा बनर्जीको इजलाशले यस्तो अदोश गरेको हो। न्यायाधीश चन्द्रचुडले सुनुवाईको क्रममा निराशा व्यक्त गर्दै हाइकोर्टले एक नागरिकको व्यक्तिगत स्वतन्त्रताको रक्षाका लागि आफ्नो अधिकार क्षेत्र उपयोग गर्न असफल भएको टिप्पणी गरेका छन्।
सन् २०१८ मा एक इन्टेरियर डिजाइनरलाई अन्वय नाइकको आत्महत्याको प्रकरणमा चार नोभेम्बरमा न्यायीक हिरासतमा लिएको थियो। सर्वोच्चले नीतीश सारदा र फिरोज मोहम्मद शेखलाई पनि अन्तरिम जमानत दिएको छ। बम्बई हाई कोर्टले ९ नोभेम्बरमा उनलाई थुनामा राखेको ठिक भएको भनेको थियो।
बन्दीप्रत्यक्षीकरण निवेदनमा अन्तरिम जमानत दिन बम्बई हाइ कोर्टले अस्वीकार गरेको थियो। पछिल्लो समय महाराष्ट्र सरकार र बलिउडलाई चर्को स्वरमा गाली गरेर कार्यक्रम चलाइरहेका अर्णव निशानामा परेका थिए। नरेन्द्र मोदी सरकारको सर्मथक रहेका उनी सकारकाको नीतिविपरीत जानेहरूविरुद्ध चर्को रुपमा प्रस्तुत हुने गर्दछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।