काठमाडौं- सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै मंसिर २ गते मंगलबार किजा पुजाको अवसरकामा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ।
‘किजा पूजाको अवसरमा २०७७ मंसिर २ गते मंगलबारका दिन नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था, शिक्षण संस्थाहरूसमेतमा सार्वजनिक बिदा दिने,’ सूचनामा उल्लेख गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।