काठमाडौं- त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदका लागि लिएको परीक्षामा मर्यादा विपरीत काम गरेको भन्दै २४० परीक्षार्थी उत्तरपुस्तिका रद्द गरेको छ। बुधबार आयोगले एक सूचना जारी गर्दै परीक्षाको नियमविपरीत आफ्नो पहिचान खुलाउने गरी तोकिएको ठाउँभन्दा अन्यत्र आफ्नो नाम/रोल नम्बर, फोन नम्बर लेखी परीक्षाको मर्यादा उल्लङ्घन गरेकाले परीक्ष रद्द गरिएको जानकारी दिइएको छ।
आर्थिक वर्ष २०७५/०७६ मा प्रकाशित विभिन्न विज्ञापनअनुसार खुल्ला प्रतियोगिताका माध्यमद्वारा उपप्राध्यापकमा पदपूर्ति गर्न २०७६ कार्तिक २८ गते देखि २०७६ पुस २ गतेसम्म सञ्चालित लिखित परीक्षामा सहभागीले मर्याद उल्लंघन गरेको पाइएको सेवा आयोगको सूचनामा उल्लेख छ।
विज्ञापन नम्बर, विषय र रोल नम्बरका परीक्षार्थीले उत्तरपुस्तिकाको प्रथम पानाको बुंदा नं. १ मा उल्लेख भएको निर्देशनविपरीत परीक्षकलाई आफ्नो पहिचान खुलाउने काम गरेको सूचनामा उल्लेख छ।
यसरी रद्द हुनेमा चिकित्साशास्त्रतर्फ उपप्राध्यापका १६ जना प्रत्यासी छन्। इन्जिनियरिङतर्फ उपप्राध्यापकका प्रत्यासी १० जना, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानतर्फ ६ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ ७७, मानविकी तथा सामाजिकशास्त्र संकायका विभिन्न विषयमा उपप्राध्यापकका लागि परीक्षा दिएका ५९, शिक्षाशास्त्र संकायका ३० र व्यवस्थापन संकायका ३८ जनाको परीक्षा तथा उत्तरपुस्तिका रद्द गरिएको हो।
यस्तै, कम्प्युटर एप्लिकेसन, नेपाली, ग्रामीण विकास तथा समाजशास्त्र गरी चार विषयका ४ परीक्षार्थीको परीक्षा तथा उत्तरपुस्तिका रद्द गरिएको पनि सेवा आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।