• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २१, २०८२ Sat, Apr 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

देउसी-भैलोले बढाउन सक्छ कोरोना संक्रमणको जोखिम

कमला गुरुङ बुधबार, कात्तिक २६, २०७७  ०९:५७
1140x725

काठमाडौं– तिहार हिन्दु धर्मावलम्बीको दसैंपछिको सबैभन्दा ठूलो पर्व हो। पिङ खेल्ने, दीपावली गर्ने र देउसी–भैलो खेल्ने तिहारको सबैभन्दा रोमाञ्चक पक्ष हो। 

साथीभाइ एक ठाउँमा जमघट भई देउसी–भैलो खेल्नुको मजा नै बेग्लै छ। तर अहिले भेला भएर देउसी–भैलो खेल्ने, रमाइलो गर्ने अवस्था छैन। सावधानी नअपनाए देउसी–भैलो कोरोना फैलाउने माध्यमसमेत बन्न सक्छ। 

मास्कको प्रयोग र सामाजिक दूरी कोरोनाबाट बच्ने उपायहरु हुन्। तर यी दुवै देउसी–भैलोमा कतै पनि लागू हुन सक्दैन। त्यसैले त बढ्दो कोरोना भाइरसको जोखिमका कारण तिहारमा रौनक मानिएको देउसी–भैलो निषेधाज्ञा गर्नु परेको छ।  

नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी–भैलो नखेल्न, नखेलाउन निर्देशनसमेत दिएको छ। विभिन्न जिल्लाले देउसी–भैलोलाई निषेधाज्ञा गरिरहेका छन्। 

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले पनि देउसी भैलो नखेल्न र नखेलाउन भन्दै निषेधाज्ञा जारी गरेका छन्। योसँगै थुप्रै जिल्लाले तिहारमा देउसी–भैलोसहित मनोरञ्जनात्मक कार्यक्रमलाई निषेध गरेका छन्।  

देउसी भैलो समूहमा खेलिने हुँदा कोरोनाको जोखिम धेरै हुने र संक्रमण फैलाउने माध्यम बन्न सक्ने चिकित्सकहरु बताउँछन्। 

देउसी भैलोबाट कोरोना सर्ने जोखिम अत्यधिक हुने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्। उनका अनुसार दसैंभन्दा तिहारमा कोरोनाको जोखिम बढी हुन्छ। उनी भन्छन्, ‘तिहारमा सबै जना जम्मा भएर गीत गाउने, देउसी–भैलो खेल्ने गर्छन्। समूहमा भेला हुन्छन्। त्यसैले तिहारमा देउसी–भैलो खेल्दा कोरोनाको जोखिम अत्यधिक हुन्छ।’

दसैं परिवारमा मात्र सीमित हुने भए पनि तिहारमा बढी जमघट तथा भेटघाट हुने भएकाले कोरोनाको जोखिम बढी हुने उनले बताए। धेरै मानिस एकै ठाउँमा भेला भएर गीत गाउँदा पनि कोरोना सर्ने उनले बताए। यो एक व्यक्तिबाट धेरैमा कोरोना फैलने माध्यम बन्न सक्ने भएकाले यसलाई सुपर सिप्रेडरको नामसमेत दिइएको उनी बताउँछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

‘तिहारमा एकै ठाउँमा धेरै मानिस भेला भएर गीत गाउने गर्छन्। यदि कोही व्यक्ति संक्रमित छ भने उसले कोरोना फैलाउने जोखिम हुन्छ। त्यसैले यसलाई सुपर सिप्रेडरको नाम दिइएको छ,’ उनले भने। तिहारमा जोखिम हुने भएकाले देउसी–भैलो नखेल्न डा पुन सुझाव दिन्छन्।  

अर्का सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला तिहारमा देउसी–भैलो खेल्नै नहुने बताउँछन्। उनी भन्छन्, ‘देउसी–भैलो बिल्कुलै खेल्न हुँदैन, भीडभाड गर्नु हुँदैन।’ 

कोरोनाको सुरुवाती दिनमा होलीलाई निषेध गरिएजस्तै देउसी–भैलोलाई सबैले निषेध गर्नुपर्ने उनले बताए। डा बास्तोलाले भने, ‘जसरी हामीले सुरुवाती दिनमा होलीलाई निषेध गरेका थियौं। अहिले देउसी–भैलोलाई पनि निषेध गर्नुपर्छ।’

देउसी–भैलो खेल्दा आवाज निकालेर कराउने, गाउने, एकै ठाउँमा धेरै मानिस भेला हुने भएकाले कोरोनाको जोखिम धेरै हुने उनले बताए। देउसी–भैलो अहिलेको अवस्थामा कोरोना फैलाउने माध्यम मात्र बन्न सक्ने भन्दै सतर्क रहन उनी आग्रह गर्छन्। 

‘देउसी–भैलो खेल्ने, भीडभाड गर्ने अहिलेको अवस्थामा कोरोना संक्रमण फैलाउने एउटा तरिका मात्र बन्न सक्छ,’ उनले भने, ‘त्यसैले देउसी–भैलो बन्द गर्न सुझाव दिन्छु।’

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  ०९:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
अमेरिकाका स्थल सेना प्रमुख बर्खास्त
रवि लामिछाने र ज्ञानेन्द्र शाही बीच भेटघाट, सत्ता समीकरणमा नयाँ संकेत
सम्बन्धित सामग्री
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
कलाकार सागर लम्साल पक्राउ बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बलात्कार आरोप थियो । शनिबार, चैत २१, २०८२
आबुधाबीमा मिसाइलको अवशेष खस्दा सात नेपाली घाइते घाइते भएकामा सात जना नेपाली परेका हुन् । घाइते भएका सात नेपालीमध्ये ६ जना सामान्य छन् भने एक जनाको अवस्था गम्भीर छ । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
मतदाता नामावली भालिदेखि संकलन गरिँदै शनिबार, चैत २१, २०८२
अमेरिकाका स्थल सेना प्रमुख बर्खास्त शनिबार, चैत २१, २०८२
रवि लामिछाने र ज्ञानेन्द्र शाही बीच भेटघाट, सत्ता समीकरणमा नयाँ संकेत शनिबार, चैत २१, २०८२
इरान–अमेरिका युद्ध: दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता शनिबार, चैत २१, २०८२
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु शनिबार, चैत २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
संसदीय दल नेता चयन गर्न कांग्रेस सभापति थापाले बनाए निर्वाचन समिति शुक्रबार, चैत २०, २०८२
यी हुन् एमाले सचिवालय बैठकका ६ निर्णयहरु शुक्रबार, चैत २०, २०८२
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्