एजेन्सी–अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु वा हार स्वीकार नगर्नु ‘लाजमर्दो’ भएको बताएका छन्।
विश्वका विभिन्न देशका नेताहरुसँग सम्पर्क गरिरहेका बाइडेनले कुनै पनि अवस्थामा शक्ति हस्तान्तरण नरोकिने पनि बताएका छन्। ट्रम्पले पराजय स्वीकार नगरेको बारे पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा बाइडेनले ‘ट्रम्पले पद छोड्नु पर्ने’ बताए। ‘मलाई लाग्छ यो लाजको कुरा हो, स्पष्ट रुपमा भन्नुपर्दा,’ बाइडेनले भने।
गृहराज्य डेलावरको विलमिङ्गटनमा आयोजित पत्रकार सम्मेलनमा बाइडेनले भने, ‘यसले राष्ट्रपतिको लिगेसीलाई सहयोग गर्दैन ।’ जनवरी २० को शपथको दिन (इनागुरेसन डे) लाई लक्षित गदै बाइडेनले अन्ततः राम्रा दिन आउने उल्लेख गरे। उनले सामाजिक सञ्जालमार्फत् पनि विभिन्न देशका नेतासँग कुराकानी भइरहेको बताएका छन्। उनले अमेरिका एकढिक्का भएर अघि पढ्ने बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।