पेरू- पेरुको संसदले राष्ट्रपति मार्टिन भिजकारालाई सन् २०१४ मा क्षेत्रीय प्रशासक रहेको समय घुस लिएको आरोपमा गरिएको महाभियोग प्रस्तावको पक्षमा संसद उभिएको छ।
करिब आठ घण्टा चलेको महाभियोगको सुनुवाईपछि राष्ट्रपतिलाई हटाउने प्रस्तावमा १०५ र विपक्षमा १९ मत परेको हो। महाभियोग प्रस्ताव पास हुनका लागि संसदका ८७ सदस्यले उनको विपक्षमा मतदान गरेपुग्नेमा योभन्दा निकै धेरै १०५ मत परेको हो।
त्यसैगरी संसदले गणतान्त्रिक पेरुको राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित भएपछि उक्त स्थान खाली भएको जानकारी गराएको छ।
यसैबीच भिजकाराले राष्ट्रपतिको कार्यालय छोड्नुपूर्व शिर ठाडो गर्दै आफ्ना समर्थकबीच उभिएका थिए। आफूले संसदको निर्णयलाई चुनौती दिन कानुनी बाटो नखोज्ने घोषणा गरे। उनका समर्थकहरूले राजधानी लिमा र अन्य मुख्य शहरमा उनको पक्षमा नाराबाजी गरेका थिए।
उनले भने, ‘मैले सरकारबाट दुई वर्ष आठ महिनापछि छोड्दैछु।’ यसपछि आफू तत्काल आफ्नो निजी निवासमा जाने उनले बताए।
‘गणतन्त्रको राष्ट्रपति पद रिक्त रहेको घोषणा गर्ने प्रस्तावलाई अनुमोदन गरिसकेको छ,’ संसद सदस्य मानुयल मेरिनोले उल्लेख गरे।
‘म स्पष्ट विवेकको साथ छोड्दै छु र मेरो कर्तव्य पूरा गरिसकें,’ भिजकाराले भने। आफ्नो ३२ महिनाको कार्यकालमा आफूले निकै लोकप्रियता पाएको उनको दावी थियो।
पेरूमा सन् २०२१ को अप्रिल मा आम निर्वाचनका साथै राष्ट्रपतीय निर्वाचन हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।