एजेन्सी–म्यानमारको सत्तारुढ नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले आइतबार भएको संसदीय निर्वाचनमा आफ्नो पार्टी बहुमतका साथ विजयी भएको दाबी गरेको छ। सैनिक शासन अन्त्य भएयता दोस्रो पटक भएको यो निर्वाचन एनएलडी र नेतृ आङ सान सुकीको जनमत संग्रहका रुपमा लिइएको थियो।
एनएलडी प्रवक्ता म्यो न्युन्तले आफ्नो पार्टीले सरकार बनाउन आवश्यक ३ सय २२ भन्दा बढी सिट ल्याउने दाबी गरे। सन् २०१५ को निर्वाचनमा यो पार्टीले ३ सय ९० स्थान जितेको थियो।
रोहिंग्या मुसलमान समुदायमाथि भएको दमनलाई लिएर सुकी अन्तर्राष्ट्रिय समुदायको आलोचना खेपिरहेकी छन्। तर यो निर्वाचनले उनी म्यानमारमा अझै लोकप्रिय रहेको देखाएको छ।
एनएलडी प्रवक्ताले निर्वाचनको यो परिणाम जनता र पार्टीका लागि उत्साहजनक भएको बताए। निर्वाचनमा सेनाको समर्थनप्राप्त दल युनियन सोलिडारिटी एण्ड डेभलपमेन्ट (युएसडीपी) ले पनि प्रतिस्पर्धा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।