एजेन्सी–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट हटाएका छन्। उनले टवीटरमार्फत् एस्परलाई पदबाट बर्खास्त गरिएको घोषणा गरेका हुन्।
अब नेशनल काउन्टर टेरोरिजम सेन्टरका प्रमुख क्रिस्टोफर मीलरले रक्षामन्त्रीको भूमिका निर्वाह गर्ने बताइएको छ।
केही सातायता ट्रम्प र एस्परबीच सार्वजनिक रूपमै फरक मत देखिन थालेको थियो।
अमेरिकामा जो बाइडन राष्ट्रपति निर्वाचित भइसकेको भए पनि ट्रम्पले हार स्वीकार गरिसकेका छैनन् र उनले नतिजालाई अदालतमा चुनौती दिने जनाउँदै आएका छन्।
अमेरिकामा आगामी जनवरी २० मा बाइडनले पदभार ग्रहण गर्नु अघिसम्म ट्रम्पले निर्णय गर्न पाउने छन्।
ट्रम्पले पछिल्लो घोषणा गरेको केही बेरमै मीलर पेन्टागनस्थित रक्षा मन्त्रालय प्रवेश गर्दै गरेको देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।