एजेन्सी–राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले अमेरिकीहरुलाई मास्क लगाउन अपिल गरेका छन्।
अति तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी माध्यम रहेको भन्दै सबै अमेरिकीलाई मास्कको प्रयोग गर्न उनले आग्रह गरेका हुन् ।
चुनावी अभियानका क्रममा पनि उनले लगातार मास्क लगाउन आग्रह गर्दै आएका थिए र निर्वाचित राष्ट्रपतिका रुपमा उनले सबै अमेरिकीलाई मास्क लगाउन अपिल गरेका हुन् ।
नोभेम्बर ३ मा भएको चुनावमा पराजित भए पनि हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मास्कलाई लिएर सदैव आशंका व्यक्त गर्दै आएका छन्। उनले मास्क लगाउन सार्वजनिक रुपमा अपिल गरेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।