एजेन्सी–भारतको बिहार विधानसभाका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा तेजस्वी यादव नेतृत्वको महागठबन्धनले अग्रता लिएको छ।
राष्ट्रिय जनता दल (आरजेडी) का तेजस्वी यादव नेतृत्वको महागठबन्धन ११८ स्थानमा अग्र स्थानमा छ भने भारतीय जनता पार्टीसहितको गठबन्धनले ९२ स्थानमा अग्रता बनाएको छ।
२ सय ४३ सिटका लागि तीन चरणमा भएको निर्वाचनको आज बिहानदेखि मतगणना सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।