एजेन्सी–अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनले कोरोना महामारीको सामना गर्न कोभिड–१९ टास्क फोर्स गठन गरेका छन्।
१३ सदस्यीय टास्क फोर्स गठन गरिएका हाे। टास्क फोर्सले कोरोना नियन्त्रणका विषयमा वैज्ञानिक र विज्ञसँग सल्लाह लिने बाइडेनले बताएका छन्।
उनले कोरोना महामारीको सामना गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्र्दै त्यसका लागि प्रभावकारी खोपको खोजी गर्नु ठूलो चुनौती रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।