• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

संक्रमणकालमा बाइडेनको टिमसँग काम गर्न ट्रम्पमाथि दबाब

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २४, २०७७  १७:५७
1140x725

विलमिङटन- राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२१ को जनवरीमा नयाँ प्रशासनले पदभार लिनेबित्तिकै शक्तिलाई सहज हस्तान्तरण सुनिश्चित गर्न नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको टोलीसँग सहकार्य गर्न दबाबको सामना गर्न थालेका छन्।

अमेरिकामा सामान्य सेवा प्रशासन (जिएसए)ले औपचारिक रूपमा नयाँ राष्ट्रपति चुनेको मान्यता दिने प्रचलन छ‚ जसले संक्रमणकाल सुरु गर्दछ। तर ट्रम्पले नियुक्त गरेकी यस निकायकी प्रमुख प्रशासक एमिली मर्फीले कुनै प्रक्रिया सुरू गरेका छैनन्। मर्फीले बाइडेनको टिमसँग सहकार्य गर्ने बारेमा राष्ट्रपति ट्रम्पले कुनै निर्देशन दिएका छैनन्। 

त्यो स्पष्टताको अभावले प्रश्नहरू खडा गरिरहेको छ। यसबाट ट्रम्पले सार्वजनिक रूपमा बाइडेनको जितलाई मान्यता नदिएको र चुनावमा धाँधली भएका झुठा दाबीलाई अझै पनि सत्य साबित गर्न खोजेझैं देखिँदैछ। 

अमेरिकी आधुनिक युगमा राष्ट्रपतिले आफ्नो उत्तराधिकारीका लागि त्यस्तो अवरोध खडा गरेको कुनै उदाहरण छैन। विशेष गरी यस वर्ष चुनौती बढी छ किनकी बाइडेनले एउटा महामारीको बीचमा प्रशासन सम्हाल्दै छन्‚ जहाँ सरकारमाथि बृहत्तर जवाफदेहीको खाँचो छ। 

‘अमेरिकाको राष्ट्रिय सुरक्षा र आर्थिक चासो मुख्यरुपमा संघीय सरकारको कार्यक्षेत्रमा रहेको अवस्थामा अमेरिकी प्रशासनले जनताको इच्छाको सम्मान गरी सत्ताको सहज र शान्तिपूर्ण हस्तान्तरण गर्नुपर्दछ,’ बाइडेनका संक्रमणकालीन सहयोगी जेन साकीले ट्वीटमा बताएका छन्। 

अमेरिकाको गैर–नाफामूलक संस्था सेन्टर फर प्रेसिडेन्सियल ट्रान्जिसनको सल्लाहकार बोर्डले पनि ट्रम्प प्रशासनलाई ‘चुनावपछि संक्रमणकाल तुरुन्तै प्रारम्भ गर्न र बाइडेन टोलीलाई संक्रमकालीन ऐन बमोजिम स्रोतहरूमा पूर्ण पहुँच उपलब्ध गराउन’ आग्रह गरेको छ। 

शनिबार अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बाइडेनले राष्ट्रपति ट्रम्पबाट पर्याप्त सहयोग प्राप्त नगरे पनि सरकार निर्माणको कदम चालेका छन्। 

बाइडेनले सर्वप्रथम कोरोनाभाइरसमा ध्यान केन्द्रित गर्नेछन्। अमेरिकामा हालसम्म लगभग २ लाख ४० हजार अमेरिकीको ज्यान गइसकेको छ। बाइडेनले सोमबार एक कार्यदलको कार्य विवरण घोषणा गर्दैछन्‚ जसले महामारीलाई नियन्त्रणमा ल्याउने प्रयासको खाका तयार गर्नेछ। यस कार्यदलले आगामी जनवरी २० मा बाइडेनले राष्ट्रपति पद ग्रहण गरेपछि कार्यान्वयन थाल्नेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

बाइडेनले यसअघि नै शल्य चिकित्सक डा विवेक मूर्थी र पूर्व खाद्य तथा औषधि प्रशासन आयुक्त डेभिड केसलरलाई कार्यदलको सह–अध्यक्षका रूपमा घोषणा गरिसकेका छन्। 

बाइडेनले प्रशासन समीक्षा टोलीको गठन गर्नु हुनेछ जसले हालको ट्रम्प प्रशासनका मुख्य निकायहरुसँग सम्पर्क स्थापना गर्नेछ। उनीहरूले विवरणहरु संकलन गरी त्यसको समीक्षा गर्नेछन् जस्तैः बजेट र कर्मचारी निर्णयहरू, बाँकी नियमहरु र प्रक्रियामा रहेका अन्य कामहरू। 

तर त्यो प्रक्रिया पूर्ण रूपमा सुरु हुन सक्दैन जबसम्म बाइडेनलाई जिएसएले राष्ट्रपति–निर्वाचित रूपमा मान्यता दिँदैन। 

जिएसएको नेतृत्वले स्वतन्त्र र पक्षपात रहीत ढंगले कार्य गर्ने विश्वास गरिन्छ, र कम्तिमा संघीय सरकारका केही अवयवहरूले संक्रमणकालीन योजनाहरू कार्यान्वयन गर्न सुरु गरिसकेका छन्। उदाहरणका लागि, नागरिक उड्डयन अधिकारीहरूले डेलावेयरको विल्मिंगटनस्थित बाइडेन लेकफ्रन्टको घरमाथिको हवाई क्षेत्र प्रतिबन्धित गरेका छन् भने सिक्रेट सर्भिसले राष्ट्रपति–निर्वाचित र उनको परिवारका लागि राष्ट्रपतिको सुरक्षा विवरणबाट एजेन्टहरू प्रयोग गर्न थालेको छ।

Xtrem

Xtrem

डेमोक्रेटका केही नेताहरूले नयाँ प्रशासनको तयारी गरिरहेका पनि देखिएका छन्। 

बाइडेनका सहयोगीहरूले राष्ट्रपति–निर्वाचित र संक्रमणकालीन टोलीले रिपब्लिकन सांसदहरुसँग सम्पर्क गरेका छन्। ट्रम्पका निकटतम सहयोगीहरूमध्ये एक इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबार मन्त्रिपरिषदको बैठक बस्नुअघि पूर्वउपराष्ट्रपति तथा सिनेटर बाइडेनलाई बधाई दिएका छन्। 

‘जो बाइडेनसँग मेरो करिब ४० वर्षदेखि लामो र न्यानो व्यक्तिगत सम्बन्ध रहेको छ, र म उहाँलाई इजरायल राज्यको एक महान मित्रको रूपमा चिन्दछु,’ नेतन्याहूले भनेका छन्।

रिपब्लिकन पार्टीका एक मात्र जीवित पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले बाइडेनलाई ‘एक असल व्यक्ति’ रहेको जनाउँदै उनको शासनकालमा अमेरिका अझ एकबद्ध हुने विश्वास व्यक्त गरेका छन्। 

तर दक्षिण क्यारोलिनाका सिनेटर लिन्डसे ग्राहम लगायत केही रिपब्लिकनले ट्रम्पलाई चुनाव सम्बन्धी कानुनी चुनौतीहरूको अनुशरणलाई जारी राख्न आग्रह गरेका छन्। 

बाइडेनले आइतबार विलमिंग्टनमा आफ्नो घर नजिकको ब्रान्डवाईनस्थित सेन्ट जोसेफ चर्चमा भाग लिए। यहाँ उनी प्रत्येक साता जाने गर्छन्। 

उनले अरू समय प्रायः घरमै बिताएका थिए। उनका केही कर्मचारीले भिडियोमार्फत् घण्टौँ खर्च गरी संक्रमणकालीन योजना बनाउनेतर्फ केन्द्रित भएका थिए। 

ती योजनाहरू जोर्जियामा दुई सिनेटको दौडसँग पनि सम्बन्धित हुन सक्छन् किनभने यहाँ आगामी जनवरी ५ मा दोस्रो चरणको मतदान हुँदैछ। यो ठाउँमा रिपब्लिकनले ती सिटहरू जितेमा सिनेटमा रिपब्लीकनको बहुमत हुनेछ र बाइडेनको मन्त्रिमण्डल गठनमा ढिलाई हुनुका साथै बाइडेनले अघि सारेका कैयौं योजनालाई सहज रुपमा अघि बढाउन कठिन हुनेछ। 

शनिबार आफ्नो विजय भाषणको क्रममा बाइडेनले आफूले सबैलाई एकीकृत गरेर लैजाने बताएका थिए। उनले ट्रम्प समर्थकहरूलाई ‘एक अर्कालाई मौका दिन’ आग्रह पनि गरेका थिए।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी समुद्री ट्र््याकरहरूले पनि शुक्रबार युएईको तटबाट टाढा एक जहाजमा अज्ञात क्षेपास्त्रले आक्रमण गरेको रिपोर्ट गरेका छन्, तर फरक जहाजको न... शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार नर्वेजियन नोबेल समितिले उनलाई रङ्गभेदकारी शासनविरुद्ध संघर्ष र शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लाग... शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि पुनः सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन्। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्