मुम्बई- आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका रिपब्लिक टिभीका सम्पादक अर्नव गोस्वामीलाई धरौटीमा रिहाइ गर्न मुम्बई उच्च अदालतले अस्वीकार गरेको छ। आफूलाई धरौटीमा रिहा गर्न माग गर्दै अर्णवले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्चले उनलाई धरौटीमा रिहाइ गर्न अस्वीकार गरेको हो।
एक इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको घटनामा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनी अहिले चौदह प्रहरीको न्यायिक हिरासतमा रहेका छन्।
उच्चको निर्णयविरुद्ध अर्णवले चाहेमा चार दिनपछि सिजनल कोर्टमा अर्को रिट दायर गर्न सक्छन्।
अनुसन्धानका लागि पक्राउ परेका अर्णवले मोबाइल फोनको प्रयोग गरेपछि जेलमा सारिएको थियो। केन्द्रीय सरकार निकट रहेको रिपब्लिक टिभीमा उनले चलाउने बहस विवादित हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।