एजेन्सी–अजरबैजानले विवादास्पद नागोर्नो काराबाख क्षेत्रको एउटा महत्वपूर्ण सहरलाई आफ्नो कब्जामा लिएको जनाएको छ।
आइतबार टेलिभिजनमार्फत् सम्बोधन गर्दै राष्ट्रपति इलहाम अलियेभले सुसा नामक सहर आफ्नो सेनाले कब्जामा लिएको जाएका हुन्। यद्यपि आर्मेनियाले यो दाबीलाई अस्वीकार गर्दै लडाइँ जारी रहेको जनाएको छ।
विवादास्पद क्षेत्रमा जारी संघर्षका बीच यो सहर रणनीतिक हिसाबले महत्वपूर्ण हुने बताइएको छ।
१७७ माइलको नागोर्नो कारावाख सोभियत संघ विघटनअघि एक स्वायत्त क्षेत्र थियो। त्यसयता यसलाई अजरबैजानले दाबी गर्दै आएको छ। यहाँ आर्मेनियाका क्रिश्चियन र टर्कीका मुसलमानको बसोबास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।