एजेन्सी–राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आगामी जनवरीदेखि पद सम्हाल्ने तयारी सुरु गर्दैगर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प भने केही राज्यको परिणामलाई लिएर कानुनी चुनौती दिने योजना बनाइरहेका छन्।
ट्रम्पका कानुनी सल्लाहकार रुडी गिलियानीले फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले हार स्वीकार्नु गलत भएको बताए। उनले भने, ‘कम्तीमा ४ र सम्भवतः १० राज्यमा मत चोरी भएको स्पष्ट प्रमाण छन्।’
यद्यपि ट्रम्पको चुनावी अभियानले यसबारेमा कुनै प्रमाण सार्वजनिक गरेको छैन। तर सोमबार केही महत्वपूर्ण राज्यको मतपरिणामलाई लिएर अदालत जाने तयारीमा रहेको जनाइएको छ।
यता ट्रम्पका समर्थकहरुले चुनावमा मत चोरीको आरोप लगाउँदै प्रदर्शन गरेका छन्। उनीहरुले जर्जियाको संसद भवनअगाडि प्रदर्शन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।