एजेन्सी–अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेका केही कार्यकारी आदेशहरु उल्टाउने भएका छन्। संसदको स्वीकृति आवश्यक नपर्ने केही आदेश उनले उल्ट्याउन लागेका हुन्।
उनले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता तथा विश्व स्वास्थ्य संगठनबाट पछि हट्ने ट्रम्प प्रशासनको निर्णयलाई उल्ट्याउने तयारी गरेको जनाइएको छ।
बाइडेनका सल्लाहकारहरुले सरकारमा क–कसलाई ल्याउने भन्ने विषयमा छलफल गरिरहेका छन्। बिडेनले कोभिड–१९सँग जुध्नका लागि आवश्यक रणनीति तय गर्न वैज्ञानिकहरुको समूहको मनोनयन गर्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।