• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अमेरिकी राष्ट्रपतिमा बाइडेनको विजयले पर्यावरण जोगाउन नयाँ उत्साह

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २३, २०७७  १५:११
1140x725

काठमाडौं- अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडेनले विजय हासिल गरेसँगै विश्वको राजनीतिक क्षेत्रमा मात्र होइन, वातावरणका क्षेत्रमा ठूलै तरङ्ग ल्याएको छ। यसपटकको अमेरिकी निर्वाचनलाई विश्वभर खासगरी वातावरणप्रेमीहरुले बढो चासोपूर्वक हेरेका थिए। कारण थियो– यस निर्वाचनमा डोनाल्ड ट्रम्पले पुनः विजय हासिल गरेमा विश्वव्यापी रुपमा वातावरणमा आएको फेरबदलले विश्वको अस्तित्वमा नै गम्भीर चुनौती ल्याउने जलवायु परिवर्तनको समस्या अझ बढेर जानेछ र भोलिका दिनमा त्यसको समाधान गर्न झन् चुनौतीपूर्ण हुनेछ। यस विषयलाई निर्वाचनका क्रममा अमेरिकी मतदाताहरुबीच मात्र नभई विश्वभरका सञ्चारमाध्यमहरुले पनि विशेष महत्व दिएका थिए। 

सन् २०१६ को राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प राष्ट्रपति हुनासाथ वातावरण संरक्षणमा महत्वपूर्ण उपलब्धि मानिएको जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट हात झिकेपछि विश्वभरका वातावरणविद्हरु चिन्तित बनेका थिए। डेमोक्रेटिक पार्टीका तत्कालीन राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेको सो सम्झौतालाई सोही पार्टीका राष्ट्रपति उम्मेदवार बाइडेनले आफ्नो चुनावी मुद्दा बनाएका थिए। 

अघिल्लो निर्वाचनमा ट्रम्पले जलवायु परिवर्तनलाई ‘महँगो ठट्टा’ देखि विकास विरोधी अभियानको रुपमा चित्रित गरेका छन्। कार्यकाल सम्हालेको छ महिनामै विश्वका प्रकृतिप्रेमी जनतालाई असन्तुष्ट बनाउने गरी उनले झन्डै २०० देशद्वारा हस्ताक्षरित पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई अलग्याउने निर्णय गर्नु भएको थियो। ट्रम्पले पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई बाहिर निकाल्दा विश्वव्यापी आलोचना भएको थियो।

राष्ट्रपति ट्रम्प शुरुदेखि नै जलवायु परिवर्तनको विषयप्रति गम्भीर देखिनु भएको थिएन। ट्रम्पको कार्यकाल शुरु भएदेखि नै स्वच्छ ऊर्जाको साटो खनिज इन्धनको प्रयोगलाई जोड दिइएको थियो भने यसअघि ७० वटा वातावरणीय नियामकहरु पनि फिर्ता लिइएको हो। उनले तेल र ग्यास उत्पादन गर्दा उत्पन्न हुने मिथेनसम्बन्धी लगाइएको वातावरणीय बन्देज खुकुलो पार्नु भएको थियो। त्यस्तै हरित गृह ग्यास उत्सर्जनसम्बन्धी ओबामाको पालामा लागू गरिएका थुप्रै नियमहरु पनि हटाउनु भएको थियो। पेरिस सम्झौताका कारण आकर्षित हुने कडा नियमनहरूले अमेरिकामा उत्पादित सामग्रीहरूलाई ठप्प बनाउने भएकाले यो अमेरिकाको पक्षमा छैन भन्ने ट्रम्पको दाबी थियो।

ट्रम्पले जलवायु परिवर्तनको न्यूनीकरणको लागि चालिएको कदमले अमेरिकालाई ठूलो नोक्सानी हुने भन्दै यसबाट बाहिरिने निर्णय लिएका थिए। उनले पेरिस सम्झौतालाई अमेरिकी अर्थतन्त्रका लागि अनावश्यक बोझ भएको तर्क दिँदै यसबाट अलग्गिएको घोषणा गरेका थिए। उनी गैरनवीकरणीय ऊर्जाको विस्तार चाहन्थे अर्थात् तेल र ग्यास निकाल्ने काम तीव्र गर्ने उनको लक्ष्य थियो। ग्यास र तेल निकाल्ने कार्य बढाउने र वातावरण संरक्षणसम्बन्धी सुरक्षा प्रबन्धहरू फिर्ता गर्नुपर्दछ भन्ने मान्यता राख्ने व्यक्ति थिए उनी। अमेरिका बाहिरिएपछि सो सम्झौता कार्यान्वयनका लागि अनेक चुनौतीको सामना गर्नु परिरहेको छ भने त्यसपछिको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनहरूमा समेत ठोस निर्णय गर्न असमर्थ भए।

नवनिर्वाचित राष्ट्रपति बाइडेन यसअघि तत्कालीन बाराक ओबामा राष्ट्रपति हुँदाका उपराष्ट्रपतिको रूपमा कार्यरत थिए। उनी पहिलेदेखि नै जलवायु परिवर्तन, अप्रवासीलगायतका मुद्दाहरुमा उदार मानिन्छन्। राष्ट्रपतीय निर्वाचनको भोलिपल्ट नोभेम्बर ४ अमेरिका औपचारिक रूपमा पेरिस सम्झौताबाट अलग भएको भएपनि बाइडेनको जीतले पुनः अमेरिका उक्त सम्झौतामा फर्किने निश्चित भएको छ। उनले आफू राष्ट्रपति निर्वाचित भए तत्कालै पेरिस सम्झौतामा सहभागी हुने बताइसकेका छन्। सन् २०५० सम्ममा अमेरिकाले कार्बन उत्सर्जनशून्य बनाउने उनको लक्ष्य छ। बाइडेनले चाहीँ आफू राष्ट्रपति निर्वाचित भएमा पहिलो दिन नै पेरिस सम्झौतामा अमेरिकालाई पुनः सहभागी गराउने वचन दिएका छन्। 

राष्ट्रपति ट्रम्पले कोइला, तेल र ग्यासको उत्पादनका लागि प्रदूषणसम्बन्धी हटाएका कैयौँ नियमहरूलाई पुनः कार्यान्वयनमा ल्याउने बाइडनको भनाइ छ।

उनले नयाँ सार्वजनिक जग्गाहरू तेल र ग्यास निकाल्न भाडामा लगाउने कार्य बन्द गराउने योजना सार्वजनिक गरिसकेका छन् भने हरित ऊर्जाका लागि २० खर्ब डलर लगानीको प्रस्ताव गरेका छन्। बाइडेनले एक ठाउँमा भनेका छन्, ‘जलवायु परिवर्तन नै नमान्ने व्यक्तिलाई थप चार वर्ष ह्वाइट हाउसमा स्थान दिने हो भने अमेरिकामा झन धेरै क्षेत्र यसरी आगोले तहसनहस हुनेछ र यसमा कसैलाई आश्चर्य हुने छैन।’ उनले आफूहरुसँग वातावरण अनुकूल नीति निर्माण गर्ने विकल्प भएको हुँदा यसलाई नजरअन्दाज नगर्ने बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

चीनलगायत अन्य कतिपय मुलुकहरुले स्वच्छ तथा नवीकरणीय ऊर्जाको प्रयोगलाई महत्व दिएको अवस्थामा अमेरिकाले पनि आफ्ना अध्ययन अनुसन्धान  र खपत बढाउनुपर्छ भन्ने उनको ठम्याइ छ।  

विश्वको प्रमुख चुनौतीको रुपमा रहेको जलवायु परिपरिवर्तनबाट सिर्जित समस्याप्रति राष्ट्रपति ट्रम्पको अनुदार निर्णय र कार्यशैलीलाई अमेरिकी वैज्ञानिकहरुदेखि धेरै मतदाताहरुले पनि रुचाएका थिएनन्। यसपटकको निर्वाचनमा ट्रम्पको पराजयमा यस विषयले पनि विशेष महत्व राखेको विभिन्न अन्तराष्ट्रिय समाचार संस्थाहरुले बताएका छन्।

वातावरणविद्हरुले ट्रम्प पुनः निर्वाचित भए तापमान वृद्धिलाई नियन्त्रण गर्न असम्भव हुनसक्ने चेतावनी दिँदै भनेका थिए, ‘अमेरिका उक्त जलवायु सम्झौतामा पुनः जोडिने र जलवायु परिवर्तन न्यूनीकरणको प्रयास गर्ने सम्भावना थिएन।’

जलवायु परिवर्तनले सिर्जित समस्या साच्चै नै पेचिलो बन्दै गएको छ। खासगरी साना टापू तथा समुद्री तटका राष्ट्रहरु र विपन्न राष्ट्रहरुका लागि यस शताब्दीकै मुख्य समस्या बनेको छ। जलवायु परिवर्तनको समस्याबाट स्वयं अमेरिकाका अधिकांश राज्यहरु समेत विभिन्न प्राकृतिक प्रकोपबाट नराम्ररी प्रभावित बनेका छन्।

Xtrem

Xtrem

विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तनसम्बन्धी प्रकोपबाट प्रभावित भएका बताइएको छ। इन्टरनेसनल फेडरेसन अफ रेडक्रस र रेड क्रिसेन्ट सोसाइटी (आईएफआरसी) को क्लाइमेट सेन्टरले गत सेप्टेम्बरमा प्रकाशन गरेको त्यस अनुसन्धान प्रतिवेदनमा जलवायु परिवर्तनसम्बन्धी प्रकोपहरु जस्तै बाढीपहिरो, खडेरी, आँधीबेहरीजस्ता प्रकोपबाट उनीहरु प्रभावित हुन पुगेका छन्। 

विश्व बैंकको तथ्याङ्कले जलवायु परिवर्तनले उत्तरी र दक्षिणी अमेरिकामा १४ लाख मानिस घरबारविहीन हुने देखाएको छ। जलवायु परिवर्तनले कृषिमा आधारित जनसंख्यालाई प्रत्यक्ष असर पार्ने भएकाले खाद्य सङ्कट बढ्न गई आप्रवासी समस्या बढ्ने निश्चित छ। साथै, जलवायु परिवर्तनले उच्च तापक्रम, बढ्दो समुन्द्री सतह, ठूला आँधी, डढेलो र पानीको अभाव जस्ता समस्या निम्त्याउने छ। अहिले नै विश्वका ४० प्रतिशत जनताले पानीको अभाव भोगिरहेका छन्।

सन् २०३० सम्म ताजा पानीको माग आपूर्तिभन्दा ४० प्रतिशतले बढी हुने विभिन्न अध्ययनहरुले देखाएका छन्। क्लाइमेट सेन्टरले सन् २०५० सम्म संसारका १५ करोड मानिस समुद्री सतह वृद्धिका कारण आवास सङ्कटमा पर्ने बताएको छ।

अमेरिका चीनपछि सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने देश हो। ट्रम्प प्रशासनले पेरिस सम्झौतालाई अमान्य गरेपछि अहिले जलवायु परिवर्तन न्यूनीकरण गर्नेद्री सतह वृद्धिका कारण आवास सङ्कटमा पर्ने बताएको छ।

अमेरिका चीनपछि सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने देश हो।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  १५:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी समुद्री ट्र््याकरहरूले पनि शुक्रबार युएईको तटबाट टाढा एक जहाजमा अज्ञात क्षेपास्त्रले आक्रमण गरेको रिपोर्ट गरेका छन्, तर फरक जहाजको न... शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार नर्वेजियन नोबेल समितिले उनलाई रङ्गभेदकारी शासनविरुद्ध संघर्ष र शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लाग... शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि पुनः सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन्। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्