काठमाडौं– शान्ति स्थापनार्थ दक्षिण सुडानको युएन मिसनमा तैनाथ नेपाली सेनाको डफ्फा अदलीबदली भएको छ।
दक्षिण सुडानमा तैनाथ तारादल गण छैटौं डफ्फा बदली गर्नका लागि आइतबार प्रमुख सेनानी सुशील प्याकुरेलको कमाण्डमा गोरख बहादुर गणको सातौं डफ्फा पठाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ।
प्याकुरेलको कमाण्डमा २१३ जना नेपाली शान्ति सैनिक दक्षिण सुडान पठाइएको हो। कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्थामा मध्यनजर गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा पालना गरेर बदली गरिएको सेनाले जनाएको छ।
बदली भएपछि दक्षिण सुडानबाट सेनानी दीपक अर्यालेको कमाण्डमा २११ शान्ति सैनिक सोमबार नेपाल आइपुग्ने छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।