एजेन्सी–अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो जित सबै नागरिकको जित भएको बताएका छन्।
राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, ‘अमेरिकी जनताले स्पष्ट जनादेश दिएका छन्, यो जित तपार्इंको हो, मलाई ७ करोड ४० लाख मत प्राप्त भएको छ, यति मत आजसम्म कसैलाई प्राप्त भएको थिएन।’
उनले अमेरिकी जनताले आफूमाथि देखाएको विश्वासलाई स्वीकार गर्ने बताए। उनले भने, ‘म अमेरिकाको राष्ट्रपति हुँ,सबैलाई साथ लिएर अगाडि बढ्नेछु, म रेड स्टेट र ब्लु स्टेटको रुपमा हेर्नेछैन, म अमेरिकाको राष्ट्रपति हुँ, कुनै पार्टीको होइन, अब हामी सबै मिलेर काम गर्नेछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।