एजेन्सी–जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा विश्वका नेताहरुले बधाइ दिएका छन्।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाइ दिँदै उनीहरुसँग काम गर्न आफू तयार रहेको बताएका छन्।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले जलवायु परिवर्तन, व्यापार र सुरक्षालगायतका मामिलामा बाइडेन र ह्यारिससँग मिलेर काम गर्ने बताएका छन्। लण्डनका मेयर सादिक खानले दुवैलाई बधाइ दिँदै अब पर्खाल नभई पुल बनाउने समय भएको उल्लेख गरेका छन्।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गैरकानुनी कर छली अन्त्य र अफगानिस्तानमा शान्ति स्थापनाका लागि मिलेर काम गर्न आफू तयार रहेको बताएका छन्।
यस्तै, कतारका अमिर शेख तामिम विन हमाद अल थानि, इरानका उपराष्ट्रपति इसाघ जहाँगिरी, जोर्डनका राजा अब्दुल्लाह द्वितिय, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले बधाइ दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।