एजेन्सी–संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन्।
सन् १९७२ मा डेलाबरबाट सिनेटमा निर्वाचित भएको ४८ वर्षपछि उनी ह्वाइटहाउस प्रवेश गरेका हुन्।
७७ वर्षीय बाइडेन यसअघि सन् १९८८ र २००८ गरी दुईपटक राष्ट्रपति निर्वाचनमा सहभागी भएका थिए। उनी पूर्वराष्ट्रपति बराक ओबामाको दुवै कार्यकालमा उपराष्ट्रपति रहेका थिए।
सिएनएनका अनुसार ५३८ इलेक्टोरल मतमध्ये बाइडेनले २७९ र उनका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले २१४ मत प्राप्त गरेका छन्। यद्यपि विसकन्सिनमा अझै मतगणना जारी छ।
बाइडेनले प्राप्त गरेको पपुलर भोट पनि सन् १९९० यताकै बढी हो। उनले ७ करोड ४० लाखभन्दा बढी मत प्राप्त गरेका छन्।
जितपछि बाइडेनलाई बधाइ दिँदै पूर्वराष्ट्रपति बराक ओबामाले आफूलाई मत दिने या नदिने हरेक अमेरिकीको भावनाअनुसार काम गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
यसैबीच बाइडेनका समर्थकहरु विजय उत्सव मनाउन न्युयोर्कलगायतका सहरमा सडकमा जम्मा भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।