वाशिंटन- रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पछि पार्दै पेन्सिलभेनियामा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले जित निकालेपछि बाइडेन अमेरिकी राष्ट्रपति बन्ने निश्चित भएको छ।
शनिबार साँझसम्मको मतपरिणामअनुसार बाइडेनले २७३ मत प्राप्त गरेपछि उनलाई राष्ट्रपति बन्ने बाटो खुलेको बिबिसीले जनाएको छ। अमेरिकामा २७० इलेक्टोरल कलेज मत प्राप्त गर्ने राष्ट्रपति चुनिने व्यवस्था छ।
कूल ५३८ इलेक्टोरल मतमध्ये उनले २७३ मत ल्याएर राष्ट्रपति पदका लागि आफ्नो जीत सुनिश्चित गरेका हुन्। यसैगरी उनका प्रतिद्वन्द्वी ट्रम्पको भने कूल २१४ इलेक्टोरल मत प्राप्त भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।