काठमाडौं- नेपाल बार एसोसिएसनले न्याय परिषद्को रिक्त सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ। बारको कार्यसमितिले शनिबार बसेकाे बैठकले श्रेष्ठको नाम सिफारिस गरेको हो। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा उनी ४ वर्षका लागि परिषद्को सदस्य हुनेछन्। श्रेष्ठ नेकपा निकट पिपिएलएका पूर्वअध्यक्ष समेत हुन्।
श्रेष्ठ यसअघि पनि न्याय परिषद्मा सदस्य भएका थिए। नयाँ संविधान बनेपछि उनी कार्यकाल पूरा नगर्दै पदमुक्त भएका थिए। तर पछि बारले उनको नाम सिफारिस नगरेपछि उनी सदस्य भएनन्।
रिक्त पदमा बारबाट सिफारिस भएका रामप्रसाद सिटौलाले गत असोजमा अवकाश पाएपछि पद रिहेकाे थियाे। बारका तर्फबाट प्रतिनिधित्व हुने सदस्यको पद रिक्त पदमा उनकाे नाम सिफारिस भएकाे हाे। परिषद्मा प्रधानन्यायाधीश अध्यक्ष, वरिष्ठ न्यायाधीश, प्रधानमन्त्रीकाे सिफारिसमा नियुक्त भएकाे सदस्य र कानुनमन्त्री सदस्य हुने गर्दछ। परिषद्ले न्यायाधीशहरुकाे नियुक्त सरुवा र बढुवा गर्ने गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।