• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फूलमा आत्मनिर्भरताका लागि अध्ययन, अनुसन्धान आवश्यक

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २२, २०७७  १७:५६
1140x725

काठमाडौं– नेपालमा आत्मनिर्भरोन्मुख रहेको सयपत्री फूल उत्पादनमा पूर्ण आत्मनिर्भर बन्नका लागि अध्ययन, अनुसन्धान तथा प्रविधिको प्रयोगमा जोड दिनुपर्ने सरोकारवालाले बताएका छन्। 

एसोसिएसनअफ नेपालीएग्रिकल्चर जर्नलिष्ट (अनाज) द्धारा शनिबार आयोजित ‘आसन्नतिहार र सयपत्रीफूलमा आत्मनिर्भरताको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले कृषक, व्यवसायी सरकारलगायत सबै सरोकारवाला निकायको प्रयासबाट सयपत्रीफूलमा नेपाल आत्मनिर्भरोन्मुख अवस्थामा पुगेको दावी गरे।  

सरकारले जारी गरेको पुष्प प्रवद्र्धन नीति, पुष्पमहोत्सवमा सहयोग, सयपत्रीफूल खेती प्रवद्र्धन जस्ता कार्यक्रमका कारण टेवा पुगेको उनको भनाई छ। 
पूर्ण आत्मनिर्भरताका लागि साना किसानमार्फत देशैभरी सयपत्रि फूलको खेती विस्तारमा जोड दिनुपर्ने पनि उनले बताए। फूलको अध्ययन अनुसन्धानका लागि भने व्यवसायीले नेपाल कृषि अनुसन्धान परिषद(नार्क) सँग सहकार्य गर्नुपर्ने उनको सुझाव थियो। नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत परिषदका उपाध्यक्ष लोकनाथ गैरेले आत्मनिर्भरोन्मुख अवस्थामा रहेकोले आयातित फूललाई निरुत्साहित गर्नुपर्ने बताए। 

निरन्तरको प्रयासपछि फूल आयातमा ५ प्रतिशत कृषि सुधार शुल्क अतिरिक्त शुल्क गरी १० प्रतिशत राजश्व लिने व्यवस्था गरेको उनले जानकारी गराए। 

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठले विगतमा भारतबाट पनि सयपत्रि फूल आयात हुने गरेकोमा यस वर्षको तिहारमा स्वदेशी सयपत्रीको फूलमाला नै प्रयोग हुने बताए। 

यसवर्षको तिहारमा सयपत्री १२ लाख र मखमली ३ लाख गरी कुल १५ लाख माला आवश्यक पर्ने भन्दै स्वदेशी उत्पादनले नै धान्ने बताए। 

माग कम रहेका कारण मालाको मूल्य पनि ६० देखि ७० रुपैयाँको हाराहारीमा मात्रै रहने उनको भनाइ छ। पछिल्लो समय सयपत्रीफूलको खेती विस्तार हुँदै गएका कारण आत्मनिर्भरताको अवस्थामा पुगेको उनले बताए। 

श्रेष्ठका अनुसार भारतबाट खासगरी कलकत्ते प्रजातिको सयपत्रि आउने गथ्र्यो तर सो प्रजातिको नेपालमै खेती सुरु भइसकेको छ भने थाइल्याण्डको प्रजातिको पनि खेती सुरु भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पुष्प विकास केन्द्रका प्रमुख सुधिर श्रेष्ठले आयातलाई निरुत्साहित गर्न फूललाई पनि प्लान्ट क्वारेन्टाइनमा समावेश गरिनुपर्ने र क्वारेन्टाइनहरुलाई प्रभावकारी बनाइनुपर्ने बताए। 

पुष्प क्षेत्रको प्रवद्र्धनका लागि केन्द्रले सम्बन्धित विद्यार्थी र संघ संस्थाहरुसँग सहकार्यमा अध्ययन अनुसन्धान शुरु गरेको जानकारी समेत गराए।

बीउ विजन प्रयोगशाला हेटौडाका प्रमुख निर्मल गदालले कृषि ज्ञान केन्द्र मार्फत् सयपत्रिफूलको प्रवर्द्धनका लागि धेरै आधुनिक संरचनाहरु निर्माण भएकोले पनि सयपत्री फूलको उत्पादन बढेको बताए। यद्यपी यसवर्ष कोरोनाका कारण ठूलो संख्यामा मानिसहरु काठमाडौंबाट बाहिरिएका कारण सयपत्री फूलमा आत्मनिर्भर जस्तो देखिए पनि अझै उत्पादन बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए। 

उत्पादनमाफयानले अनुसन्धान र प्रविधिको प्रयोग बढाउनुपर्ने आवश्यकताऔल्याउनुभयो। अनुसन्धानले काठमाडौं उपत्याकामा बाह्रै महिना सयपत्री फूल उत्पादन सम्भव रहेको देखाएकोले सोहीअनुसार उत्पादनमाजोड दिनुपर्ने उनको भनाइ छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईले केन्द्रले आफ्नो तर्फबाट अनैतिक आयातलाई रोक्ने प्रयास गरिरहेको दावी गरे। राष्ट्रिय तथा अन्तराष्ट्रिय नीतिहरुको पालना गर्दै, अवैद्यानिक रुपमा भित्रिएको फुललाई रोक्ने, फिर्ता पठाउने तथा त्यसरी भित्राउन खोज्नेलाई कारबाही गरिएको हुमागाईंले बताए। 

यही प्रयासअन्तर्गत यसवर्ष अवैधानिक रुपमा फूल भित्रिने क्रम केही हदसम्म कम भएको पनि उनले बताए। 

यद्यपी वैधानिक रुपमा आएका वस्तुलाई भित्रिन दिनुपर्ने बाध्यता रहेको बताउदैँ उनले पुष्प व्यावसायीलाई उत्पादनको दायरा बढाएर भारतीय फुलको मूल्यसँग प्रतिस्पर्धा गर्न सकेँमा पुष्प आयात घट्ने बताए। 

‘भन्सार मूल्य, कृषि सुधार मुल्यकम भएर मात्र आयात बढेको होइन र यसलाई बढाउदैँमा आयात घट्ने पनि होइन,’ उनले भने, ‘आयात कम गर्नका लागि हाम्रो उत्पादनलाई बढाएर हाम्रो फुलको मुल्य आयातित फूलको मुल्य जतिकै सस्तो बनाउनुपर्छ।’

तर हुँदा हुँदै पनि खुल्ला सिमानाका कारणले अवैधानिक रुपमा फुल भित्रिने समस्या विद्यमान रहेकोले यसलाई निरुत्साहन गर्न स्थानीय प्रशासन, प्रहरी र किसानले सहकार्य गर्नुपर्ने उनले बताए।

फूलको विषयमा फ्लोरीकल्चर एसोसियसनका प्रतिनिधिसँग बसेर छलफल गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले बताए। 

उनले बजारमा भारतबाट झिलिमिलि फूल आउने आर्टिफिसियल फूल आउने गर्दा त्यसले यहाँको फूललाई विस्थापित गर्ने गरेको विषयमा मन्त्रालयमा कुरा उठाउने गरेको  बताए। 

फूलको उत्पादनमा सँगै वितरण प्रणालीमा समेत कमजोरी रहेकोले वितरण प्रणाली राम्रो बनाउन पर्ने उनको भनाइ छ। 

‘फूल केहीजिल्लामा राम्रो उत्पादनहुने रहेछ। तर त्यसको वितरणर भण्डार प्रणाली भने अलिकमजोर पाइयो,’ उनले भने, ‘उत्पादन र वितरण दुवै प्रणालीलाई राम्रो बनाउन सक्यौं भने मात्र हामी फूलमा आत्मर्निभर हुन सक्छौं।’

निकासी गर्न प्याकेजिङ र ब्राण्डिङमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ। 

उनले व्यवसायीलाई बढी मूल्यलिएर नबेच्न अनुरोध गरेका छन्। 

‘६० देखि ७० रूपैयाँमा एउटा सयपत्री फूलको माला तयार हुन्छ भनेर कुमार सरले भन्नुभएको छ, साथीहरूले त्यसरी नै बेच्नुहोला,’ उनले भने। यस वर्षको फूल प्रवर्द्धनको लागि विभिन्न कार्यक्रम राखिएको कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख कृष्णभद्र अधिकारीले जानकारी दिए। 

‘वितरण गर्ने काम व्यवसायीले गरिहाल्छन्। हामीले फूलको उत्पादन बढाउन विभिन्न कार्यक्रम राखेका छौं,’ उनले भने। 

प्लाष्टिकको घर बनाउन दिइने अनुदानको काम छनोटको क्रममा रहेको उनले जानकारी दिए। 

उनका अनुसार पकेट कार्यक्रम भने स्थानीय सरकारलाई दिइएको छ। उपत्यकाको २१ पालिकामध्ये गोदावरी १ र नागार्जुन पालिका गरी दुई वटामा फूलको कार्यक्रम रहेको छ। त्यसको लागि २५ लाख विनियोजन हुनेछ। 

नेपाल उद्योग वाणिज्य महासंघ, वस्तुगत परिषद्का उपसभापति लोकनाथ गरैले फूल आयातलाई निरूत्साहित गर्न सक्दो पहल गरिरहेको बताए। ‘केही वर्ष अघि नेपालको फूललाई भन्सार प्रणालीले असर गरेको थियो। अहिले केही सहजभएको छ,’ उनले भने, ‘३ वर्षअघि भन्सारमा फूलको मूल्यांकन दर एकदमै कम थियो। हामीले भन्सारका मूल्यांकन समितिका प्रतिनिधिसँग छलफल गरेर अलि केही बढाएका छौं। यसले स्वदेसी फूलमा भन्सार दर लाग्दैन।’
आयातित फूलमा पनि भन्सार दर बढाउन महासंघले छलफल गरेको उनले बताए। 

‘कृषिजन्य वस्तु आयात गर्दा ५ प्रतिशत कृषि सुधार शुल्क लाग्ने गरेको छ। यसलाई घटाउन भारततर्फबाट धेरे बहस भए तर महासंघले घटाउन दिएको छैन,’ उनले भने। 

अहिले भारत लगाएत तेस्रो मुलुकबाट फूल आयात गर्दा १० प्रतिशत शुल्क लाग्ने गरेकोले स्वदेशी फूललाई राहत भएको उनले बताए। 

‘५ प्रतिशत कृषि सुधार शुल्क लाग्छ। फूल आयात गर्ने व्यवसायीले बिनाभ्याट आयात गर्दै आएका थिए। अहिले त्यसमा पनि ५ प्रतिशत अप्रत्यक्ष लाग्ने गरेको छ,’ उनले भने।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  १७:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा
हरिशरणले सिकाए रविलाई राजनीति !
सम्बन्धित सामग्री
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित करिब ७० प्रतिशत वेबसाइटमा प्रयोग हुने प्रोग्रामिङ भाषामा कमजोरी भेटिएपछि तत्काल सुरक्षा अपडेट गर्न आग्रह, जोखिम टार्न केही वेबसाइट अ... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज विराटनगर किङ्समा बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्