• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २९, २०८२ Sun, Apr 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फूलमा आत्मनिर्भरताका लागि अध्ययन, अनुसन्धान आवश्यक

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २२, २०७७  १७:५६
1140x725

काठमाडौं– नेपालमा आत्मनिर्भरोन्मुख रहेको सयपत्री फूल उत्पादनमा पूर्ण आत्मनिर्भर बन्नका लागि अध्ययन, अनुसन्धान तथा प्रविधिको प्रयोगमा जोड दिनुपर्ने सरोकारवालाले बताएका छन्। 

एसोसिएसनअफ नेपालीएग्रिकल्चर जर्नलिष्ट (अनाज) द्धारा शनिबार आयोजित ‘आसन्नतिहार र सयपत्रीफूलमा आत्मनिर्भरताको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले कृषक, व्यवसायी सरकारलगायत सबै सरोकारवाला निकायको प्रयासबाट सयपत्रीफूलमा नेपाल आत्मनिर्भरोन्मुख अवस्थामा पुगेको दावी गरे।  

सरकारले जारी गरेको पुष्प प्रवद्र्धन नीति, पुष्पमहोत्सवमा सहयोग, सयपत्रीफूल खेती प्रवद्र्धन जस्ता कार्यक्रमका कारण टेवा पुगेको उनको भनाई छ। 
पूर्ण आत्मनिर्भरताका लागि साना किसानमार्फत देशैभरी सयपत्रि फूलको खेती विस्तारमा जोड दिनुपर्ने पनि उनले बताए। फूलको अध्ययन अनुसन्धानका लागि भने व्यवसायीले नेपाल कृषि अनुसन्धान परिषद(नार्क) सँग सहकार्य गर्नुपर्ने उनको सुझाव थियो। नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत परिषदका उपाध्यक्ष लोकनाथ गैरेले आत्मनिर्भरोन्मुख अवस्थामा रहेकोले आयातित फूललाई निरुत्साहित गर्नुपर्ने बताए। 

निरन्तरको प्रयासपछि फूल आयातमा ५ प्रतिशत कृषि सुधार शुल्क अतिरिक्त शुल्क गरी १० प्रतिशत राजश्व लिने व्यवस्था गरेको उनले जानकारी गराए। 

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठले विगतमा भारतबाट पनि सयपत्रि फूल आयात हुने गरेकोमा यस वर्षको तिहारमा स्वदेशी सयपत्रीको फूलमाला नै प्रयोग हुने बताए। 

यसवर्षको तिहारमा सयपत्री १२ लाख र मखमली ३ लाख गरी कुल १५ लाख माला आवश्यक पर्ने भन्दै स्वदेशी उत्पादनले नै धान्ने बताए। 

माग कम रहेका कारण मालाको मूल्य पनि ६० देखि ७० रुपैयाँको हाराहारीमा मात्रै रहने उनको भनाइ छ। पछिल्लो समय सयपत्रीफूलको खेती विस्तार हुँदै गएका कारण आत्मनिर्भरताको अवस्थामा पुगेको उनले बताए। 

श्रेष्ठका अनुसार भारतबाट खासगरी कलकत्ते प्रजातिको सयपत्रि आउने गथ्र्यो तर सो प्रजातिको नेपालमै खेती सुरु भइसकेको छ भने थाइल्याण्डको प्रजातिको पनि खेती सुरु भएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

पुष्प विकास केन्द्रका प्रमुख सुधिर श्रेष्ठले आयातलाई निरुत्साहित गर्न फूललाई पनि प्लान्ट क्वारेन्टाइनमा समावेश गरिनुपर्ने र क्वारेन्टाइनहरुलाई प्रभावकारी बनाइनुपर्ने बताए। 

पुष्प क्षेत्रको प्रवद्र्धनका लागि केन्द्रले सम्बन्धित विद्यार्थी र संघ संस्थाहरुसँग सहकार्यमा अध्ययन अनुसन्धान शुरु गरेको जानकारी समेत गराए।

बीउ विजन प्रयोगशाला हेटौडाका प्रमुख निर्मल गदालले कृषि ज्ञान केन्द्र मार्फत् सयपत्रिफूलको प्रवर्द्धनका लागि धेरै आधुनिक संरचनाहरु निर्माण भएकोले पनि सयपत्री फूलको उत्पादन बढेको बताए। यद्यपी यसवर्ष कोरोनाका कारण ठूलो संख्यामा मानिसहरु काठमाडौंबाट बाहिरिएका कारण सयपत्री फूलमा आत्मनिर्भर जस्तो देखिए पनि अझै उत्पादन बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए। 

उत्पादनमाफयानले अनुसन्धान र प्रविधिको प्रयोग बढाउनुपर्ने आवश्यकताऔल्याउनुभयो। अनुसन्धानले काठमाडौं उपत्याकामा बाह्रै महिना सयपत्री फूल उत्पादन सम्भव रहेको देखाएकोले सोहीअनुसार उत्पादनमाजोड दिनुपर्ने उनको भनाइ छ।  

प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईले केन्द्रले आफ्नो तर्फबाट अनैतिक आयातलाई रोक्ने प्रयास गरिरहेको दावी गरे। राष्ट्रिय तथा अन्तराष्ट्रिय नीतिहरुको पालना गर्दै, अवैद्यानिक रुपमा भित्रिएको फुललाई रोक्ने, फिर्ता पठाउने तथा त्यसरी भित्राउन खोज्नेलाई कारबाही गरिएको हुमागाईंले बताए। 

यही प्रयासअन्तर्गत यसवर्ष अवैधानिक रुपमा फूल भित्रिने क्रम केही हदसम्म कम भएको पनि उनले बताए। 

यद्यपी वैधानिक रुपमा आएका वस्तुलाई भित्रिन दिनुपर्ने बाध्यता रहेको बताउदैँ उनले पुष्प व्यावसायीलाई उत्पादनको दायरा बढाएर भारतीय फुलको मूल्यसँग प्रतिस्पर्धा गर्न सकेँमा पुष्प आयात घट्ने बताए। 

‘भन्सार मूल्य, कृषि सुधार मुल्यकम भएर मात्र आयात बढेको होइन र यसलाई बढाउदैँमा आयात घट्ने पनि होइन,’ उनले भने, ‘आयात कम गर्नका लागि हाम्रो उत्पादनलाई बढाएर हाम्रो फुलको मुल्य आयातित फूलको मुल्य जतिकै सस्तो बनाउनुपर्छ।’

तर हुँदा हुँदै पनि खुल्ला सिमानाका कारणले अवैधानिक रुपमा फुल भित्रिने समस्या विद्यमान रहेकोले यसलाई निरुत्साहन गर्न स्थानीय प्रशासन, प्रहरी र किसानले सहकार्य गर्नुपर्ने उनले बताए।

फूलको विषयमा फ्लोरीकल्चर एसोसियसनका प्रतिनिधिसँग बसेर छलफल गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले बताए। 

उनले बजारमा भारतबाट झिलिमिलि फूल आउने आर्टिफिसियल फूल आउने गर्दा त्यसले यहाँको फूललाई विस्थापित गर्ने गरेको विषयमा मन्त्रालयमा कुरा उठाउने गरेको  बताए। 

फूलको उत्पादनमा सँगै वितरण प्रणालीमा समेत कमजोरी रहेकोले वितरण प्रणाली राम्रो बनाउन पर्ने उनको भनाइ छ। 

‘फूल केहीजिल्लामा राम्रो उत्पादनहुने रहेछ। तर त्यसको वितरणर भण्डार प्रणाली भने अलिकमजोर पाइयो,’ उनले भने, ‘उत्पादन र वितरण दुवै प्रणालीलाई राम्रो बनाउन सक्यौं भने मात्र हामी फूलमा आत्मर्निभर हुन सक्छौं।’

निकासी गर्न प्याकेजिङ र ब्राण्डिङमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ। 

उनले व्यवसायीलाई बढी मूल्यलिएर नबेच्न अनुरोध गरेका छन्। 

‘६० देखि ७० रूपैयाँमा एउटा सयपत्री फूलको माला तयार हुन्छ भनेर कुमार सरले भन्नुभएको छ, साथीहरूले त्यसरी नै बेच्नुहोला,’ उनले भने। यस वर्षको फूल प्रवर्द्धनको लागि विभिन्न कार्यक्रम राखिएको कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख कृष्णभद्र अधिकारीले जानकारी दिए। 

‘वितरण गर्ने काम व्यवसायीले गरिहाल्छन्। हामीले फूलको उत्पादन बढाउन विभिन्न कार्यक्रम राखेका छौं,’ उनले भने। 

प्लाष्टिकको घर बनाउन दिइने अनुदानको काम छनोटको क्रममा रहेको उनले जानकारी दिए। 

उनका अनुसार पकेट कार्यक्रम भने स्थानीय सरकारलाई दिइएको छ। उपत्यकाको २१ पालिकामध्ये गोदावरी १ र नागार्जुन पालिका गरी दुई वटामा फूलको कार्यक्रम रहेको छ। त्यसको लागि २५ लाख विनियोजन हुनेछ। 

नेपाल उद्योग वाणिज्य महासंघ, वस्तुगत परिषद्का उपसभापति लोकनाथ गरैले फूल आयातलाई निरूत्साहित गर्न सक्दो पहल गरिरहेको बताए। ‘केही वर्ष अघि नेपालको फूललाई भन्सार प्रणालीले असर गरेको थियो। अहिले केही सहजभएको छ,’ उनले भने, ‘३ वर्षअघि भन्सारमा फूलको मूल्यांकन दर एकदमै कम थियो। हामीले भन्सारका मूल्यांकन समितिका प्रतिनिधिसँग छलफल गरेर अलि केही बढाएका छौं। यसले स्वदेसी फूलमा भन्सार दर लाग्दैन।’
आयातित फूलमा पनि भन्सार दर बढाउन महासंघले छलफल गरेको उनले बताए। 

‘कृषिजन्य वस्तु आयात गर्दा ५ प्रतिशत कृषि सुधार शुल्क लाग्ने गरेको छ। यसलाई घटाउन भारततर्फबाट धेरे बहस भए तर महासंघले घटाउन दिएको छैन,’ उनले भने। 

अहिले भारत लगाएत तेस्रो मुलुकबाट फूल आयात गर्दा १० प्रतिशत शुल्क लाग्ने गरेकोले स्वदेशी फूललाई राहत भएको उनले बताए। 

‘५ प्रतिशत कृषि सुधार शुल्क लाग्छ। फूल आयात गर्ने व्यवसायीले बिनाभ्याट आयात गर्दै आएका थिए। अहिले त्यसमा पनि ५ प्रतिशत अप्रत्यक्ष लाग्ने गरेको छ,’ उनले भने।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  १७:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चौतर्फी आलोचना भएपछि युट्युबर पोखरेल रिहा
राप्रपा असन्तुष्ट पक्षले गर्‍यो लिङ्देन नेतृत्वको समिति भंगको माग
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
सम्बन्धित सामग्री
चौतर्फी आलोचना भएपछि युट्युबर पोखरेल रिहा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका पोखरेल चैत-२६ गते पक्राउ परेका थिए । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ल... आइतबार, चैत २९, २०८२
नेपालमा पाइने जडीबुटीबाट औषधि उत्पादनको ठुलो सम्भावना छ : मन्त्री चौधरी वनस्पति विभागको ६६औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् । आइतबार, चैत २९, २०८२
भारतीय गायिका आशा भोसलेको निधन मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा उनको ९२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्मयहरूले उल्लेख गरेका छन् । आइतबार, चैत २९, २०८२
ताजा समाचारसबै
चौतर्फी आलोचना भएपछि युट्युबर पोखरेल रिहा आइतबार, चैत २९, २०८२
राप्रपा असन्तुष्ट पक्षले गर्‍यो लिङ्देन नेतृत्वको समिति भंगको माग आइतबार, चैत २९, २०८२
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा आइतबार, चैत २९, २०८२
दलको नेता छान्न कांग्रेसले वैशाख २ गते कार्यतालिका ल्याउने, ४ गते निर्वाचन आइतबार, चैत २९, २०८२
सीमा विवादमा वार्ता गर्न आग्रह आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री वालेन्द्र शाहसहित नेताहरूलाई गाली गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ आइतबार, चैत २९, २०८२
आज यी स्थानमा वर्षा र हिमपात हुने आइतबार, चैत २९, २०८२
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा जारी शनिबार, चैत २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्