अमेरिका– गणना जारी राज्यहरुमा अग्रता लिन थालेपछि अमेरिकी राष्ट्रपतिको चुनावी दौडमा रहेका डेमोक्र्याटिक पार्टीका नेता जो बाइडन जितका लागि विश्वस्त देखिन थालेका छन्। उनले यही क्रममा गरेको भाषणमा आफू स्पष्ट बहुमतका साथ जित्ने बताएका छन्। डेलाभेयरमा गरेको भाषणमा उनले अमेरिकी इतिहासमै आफूले धेरै मत पाएको समेत बताएका छन्।
उनले भने, 'हामी २४ वर्षपछि एरिजोना जित्दैछौं र २८ सालपछि जर्जिया।' यो चुनावपछि तनाव बढ्न सक्ने उनको भनाइ छ। तर आफूहरुले शान्तिका लागि प्रयास गरिरहनुपर्ने उनको बुझनाइ छ। उनले आफू एकअर्काको विपक्ष हुन सक्ने तर दुश्मन नभएकाले चुनावलाई सोही रुपमा लिन दुवै पक्षका कार्यकर्तासँग आग्रह गरका छन्।
उनले आफ्नो जितको घोषणा भने गरेनन्। बाइडेन एरिजोना र जर्जियामा जित्ने अवस्थामा पुगेका छन्। जहाँ दुई दशकदेखि कुनै डेमोक्र्याटिक उम्मेदवारले जित हासिल गर्न सकेका छैनन्। उनले आफू ३०० सय इलेक्ट्रोल कलेज जित्ने अपेक्षा व्यक्त गरेका छन्।
उनले पद सम्हालेको पहिलो दिन नै कोरो भाइरसँग जुध्ने योजना अघि सार्ने बताएका छन्। बाइडेलने जितेमा ट्रम्प आगामी जनवरीमा ह्यवाइट हाउसबाट बिदा हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।