काठमाडौं–गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले थप २ करोड सहयोग गरेको छ। महानगर मेयर रेनु दाहालले सहयोग रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेकी हुन्।
रंगशाला निर्माणका लागि भरतपुर महानगरले यसअघि पनि २ करोड दिइसकेको छ।
रकम हस्तान्तरणको तस्बिर सामाजिक सञ्जालमा राख्दै मेयर दाहालले भनेकी छन्, ‘हामी बनाउँछौं हाम्रो रंगशाला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।