एजेन्सी–बंगलादेशमा पहिलोपटक तेस्रो लिंगीहरुका लागि धार्मिक स्कुल खोलिएको छ।
ढाकामा खोलिएको उक्त स्कुलमा १ सय ५० जना तेस्रो लिंगी विद्यार्थीहरुले इस्लामिक र व्यवसायिक विषय निःशुल्क पढ्न पाउनेछन्। योसँगै तेस्रो लिंगीहरुले राज्यबाट औपचारिक रुपमा पहिचान पाएका छन्।
तेस्रो लिंगीहरुले मतदान तथा निर्वाचनमा उम्मेदवार बन्न पाउने अधिकार पाए पनि कट्टरवादी सामाजिक परम्पराका कारण जागिर र शिक्षामा पहुँच नपाउने अवस्था थियो। केहीले भने सहरमा आएर नाचगान गर्ने र मागेर जिविका निर्वाह गर्दै आएका थिए।
बंगलादेश सरकारले मुलुकमा १० हजार तेस्रो लिंगी भएको जनाएको छ। यद्यपि यो संख्या ५० हजारभन्दा बढी रहेको अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।