एजेन्सी–ग्वाटेमालाको मध्यक्षेत्र अल्टा भेरापाजको दुर्गम क्वेजमा आँधीपछि आएको भीषण वर्षाका कारण पहिरो जाँदा १ सय जनाको मृत्यु भएको आशंका गरिएको छ।
खराब मौसमका कारण उक्त क्षेत्रमा उद्धार गर्न समस्या भइरहेको र सडक अवरुद्ध रहेको जनाइएको छ।
अधिकारीहरुले ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन्। राष्ट्रपति अलेजान्ड्रो जियाम्मटेईले कम्तीमा पनि १ सय जनाको मृत्यु भएको अनुमान गरिएको बताए।
राष्ट्रपतिले एउटामात्र हेलिकोप्टर भएका कारण उद्धारमा समस्या भएको बताए। ग्वाटेमालाका धेरै राज्यमा आपतकालीन अवस्था घोषणा गरिएको छ। क्वेजा क्षेत्रको अवस्था चिन्ताजनक भएको उल्लेख गर्दै राष्ट्रपति त्यहाँ एउटा शव पनि फेला पार्न नसकिएको बताए।
वर्षाका कारण छिमेकी होण्डुरसमा कम्तीमा पनि १० जनाको मृत्यु भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।