न्युयोर्क- अमेरिकी राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा उनका प्रतिस्पर्धी जो बाइडनले अग्रता लिएका छन्। पेन्सिलभेनियामा पनि अहिलेसम्म ९५ प्रतिशत मतगणना भइसक्दा बाइडेन ट्रम्पभन्दा ५ हजार ५ सय ८७ भोटले अगाडि रहेको बिबिसीले जनाएको छ।
त्यस्तै जर्जियामा पनि ९९ प्रतिशत मतगणना भइसक्दा बाइडेनले अग्रता लिएका छन्। यसैगरी नेभाडा र एरिजोनामा समेत बाइडेनकै अग्रता रहेको बिबिसीले जनाएको छ।
यसैक्रममा बाइडेनले भने अन्तिम मतको परिणाम नआउँदासम्म सबै धीर भएर बस्नुपर्ने बताएका छन्। साथै उनले आफू विजयी हुनेमा कुनै शंका नभएको समेत दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।