काठमाडौं– सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई कोभिड–१९ को थप उपचारका लागि काठमाडौं लयाइने भएको छ।
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत उनको कोभिड–१९ का कारण स्वास्थ्यमा जटिलता बढेपछि काठमाडौं ल्याउन लागिएको उनका स्वकीय सचिव जंग बिकले जानकारी दिए।
आज १२ बजे हेलिकोप्टरबाट काठमाडौंको शिक्षण अस्पताल ल्याइने भएको छ। उनलाई कात्तिक १५ गते कोरोना पुष्टि भएको थियो। सुरुमा होम आइसोलेनमा बसेका उनलाई लक्षण देखिन थालेपछि अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा रहँदा जोखिम बढेपछि काठमाडौं रिफर गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।