न्युयोर्क- अमेरिकी राष्ट्रपतीय निर्वाचनको पहिलो दिन तीव्र रुपमा मत परिणाम आएको थियो। तर दोस्रो दिन यो क्रम केही धिमा भएको छ। जहाँ मतगणना भइरहेको छ, त्यहाँ दुवै उम्मेदवारको अन्तर झिनो छ। त्यसैले हालसम्म कसले जित्छ भनेर ठोकुवा गर्न सकिने अवस्था छैन।
परिणाम जसले पनि उल्टाउन सक्छ तर जो बाइडनका लागि बाटो केही सहज छ। कुनै एउटा राज्यमा जित्नेबित्तिकै उनले बहुमत पुर्याउनेछन्। डोनाल्ड ट्रम्प राष्ट्रपतिमा दोहोरिन गणना जारी सबै जित्नुपर्नेछ।
फक्स न्युजका अनुसार अहिलेसम्म बाइडन २६४ भोटसहित अघि छन् भने ट्रम्पले २१४ ले पछ्याइरहेका छन्।
जर्जियामा मतगणना जारी छ। ९० हजार गन्न बाँकी मत अहिले गणना भइरहेको छ। सुरुमा ट्रम्प निकै अघि रहे पनि अहिले अन्तर २८ हजारमात्रै छ।
नेवाडामा असाध्यै नजिकको प्रतिस्पर्धा छ। बाइडन ८ हजार २ सय ५२ भोटले अघि छन्। स्थानीय समयअनुसार बिहीबार बिहान ९ बजे यहाँको नतिजा सार्वजनिक हुनेछ।
नर्थ क्यालोरिनामा ९४ प्रतिशत मतगणना सकिएको छ। जहाँ ७६ हजार ७ सय १ मतले ट्रम्प अघि छन्। यसैगरी पेनेन्सेल्भेनियामा ८९ प्रतिशत परिणाम आउँदा ट्रम्प १ लाख ५८ हजार ४ सय १८ भोटले अघि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।