काठमाडौं–स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा करारमा कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ।
कोरोना संक्रमितको केस अनुसन्धान,कन्ट्याक्ट ट्रेसिङ,संक्रमितको प्रोफाइल र प्रयोगशालाको तथ्यांक संकलन गर्ने कार्यका लागि स्वास्थ्य विभागले दरखास्त आव्हान गरेको हाे। करार कर्मचारी तीन महिना अवधिका लागि भर्ना गर्न लागिएको हो।
विभागले सातै प्रदेश र स्वास्थ्य सेवा विभागका लागि १९१ कर्मचारीका लागि विज्ञापन प्रकाशित गरेको छ। करारका लागि गरिएको विज्ञापनमा सबैभन्दा बढी जनशक्ति वागमती प्रदेशका लागि खुला गरिएको छ। वागमती प्रदेशमा ४६ जनाको लागि आवेदन आव्हान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।