काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेका संक्रमितलाई सेवा सञ्चालन गर्न इच्छुक स्वास्थ्य संस्थालाई सूचीकृत हुन आव्हान गरेको छ।
संक्रमितलाई टेलिमिडिसिन सेवाद्वारा स्वास्थ्य सेवा परामर्श, सामान्य उपचारलगायतका सेवा प्रदान गर्नुपर्ने स्वास्थ्य विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाले जनाएको छ।
मान्यता प्राप्त स्वास्थ्य संस्थाले महाशाखाले तोकेको ढाँचामा निवेदन दिई सूचीकृत हुन आव्हान गरिएको छ। होम आइसोलेसनमा बसेकाहरुको लागि आवश्यक स्वास्थ्य परामर्श तथा टेलिमेडिसन उपलब्ध गराउने सेवा प्रदायक स्वास्थ्यकर्मी सरकारी मान्यता प्राप्त हुनुपर्ने मापदण्ड राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।