एजेन्सी–अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले लोकप्रिय मत (पपुलर भोट) मा अमेरिकी इतिहासमै रेकर्ड बनाएका छन्। उनले सन् २००८ मा बराक ओबामाले प्राप्त गरेको लोकप्रिय मतको रेकर्डसमेत तोडेका छन्।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ करोड ८२ लाख २३ हजार ५सय ९२ मत प्राप्त गर्दा बाइडेनले ७ करोड १४ लाख ५२ हजार ६ सय ५० पपुलर मत प्राप्त गरेका छन्। बिडेनले कूल मतको ५०.३ र ट्रम्पले ४८ प्रतिशत मत प्राप्त गरेका छन्। फक्स न्युजका अनुसार जितका लागि २७० इलेक्टोरल मत प्राप्त गर्नुपर्नेमा बिडेनले २६४ र ट्रम्पले २१४ मत प्राप्त गरेका छन्।
यद्यपि पपुलर भोट प्राप्त गर्दैमा जित सुनिश्चित भने हुँदैन। सन् २०१६ को निर्वाचनमा डेमोक्रेटिककी हिलारी क्लिन्टनले ट्रम्पभन्दा २९ लाख पपुलर भोट प्राप्त गरेपनि निर्वाचन हारेकी थिइन्। यसको मुख्य कारण ट्रम्पको पक्षमा इलेक्टोरल मत बढी थियो।
यस्तै, सन् २००० को निर्वाचनमा पनि जर्ज डब्लु बुशको भन्दा डमोक्रेटिक उम्मेदवार अल गोरको पपुलर भोट बढी थियो।
ट्रम्प ओहियो, फ्लोरिडा र टेक्सासजस्ता ठूला राज्यमा विजयी भइसकेका छन् भने पेन्सिलभेनिया, विसकन्सिन र मिसिगनमा बाइडेनले अग्रता लिइरहेका छन्। एरिजोनामा पनि बाइडेनले जित्ने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।