एजेन्सी–अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन जितको नजिक पुगेका छन्। फक्स न्युजका अनुसार जितका लागि २७० इलेक्टोरल मत आवश्यक पर्नेमा बाइडेनले २६४ र ट्रम्पले २१४ प्राप्त गरेका छन्।
बाइडेनले राष्ट्रपति चुनाव जित्नका लागि आवश्यक राज्यमा विजयी हुने स्पष्ट भएको उल्लेख गरेका छन्। मिसिगनमा जित सुनिश्चितअघि संक्षिप्त मन्तव्य दिँदै उनले मतगणना सकिएपछि आफू विजयी हुने बताए।
अन्तिम परिणाम भने एरिजोना, जर्जिया, विसकन्सिन र पेन्सिलभेनियाजस्ता ब्याटलग्राउण्डराज्यका परिणाम आएपछि आउनेछ। डोनाल्ड ट्रम्पले ५० राज्यमध्ये २३ राज्यमा जित्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।