काठमाडौं- अमेरिकी राष्ट्रपतीय निर्वाचनको अहिलेसम्मको मत परिणाममा कडा टक्कर देखिएको छ। उम्मेदवारका लागि ह्वाइट हाउसमा आफ्नो स्थान सुरक्षित बनाउनका लागि २७० इलेक्टोरल कलेज मतको आवश्यकता हुन्छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म २१ राज्यमा आफ्नो पकड बनाएका छन्। यीमध्ये टेक्सस र जीतका लागि जरूरी पर्ने राज्य फ्लोरिडा सामेल छन्। एरिजोना राज्यको निर्णायक मत पनि बाइडेनको पक्षमा गइसकेको छ।
निर्वाचनकै क्रममा जो बाइडनले आफ्ना समर्थकसँग डेलाबेयरमा हर एक ब्यालेट नगन्दासम्म निर्वाचन अन्त्य नहुने भएकाले त्यो बेलासम्म आश नमार्न आग्रह गरेका छन्। त्यही क्रममा उनले आफू जीतको बाटोमा भएको दाबी गरेका थिए।
त्यस्तै ट्रम्पले आफ्ना विरोधीहरूलाई निर्वाचनको परिणाम ‘चोरी गर्न कोसिस गरेको’ आरोप लगाएका छन्। ट्रम्पको यो ट्वीटलाई ट्विटरले भ्रामक भएको आशंकाको सूचना पनि दिएको छ।
ट्रम्पले भने आफूले निर्वाचन जित्नेमा ढुक्क भएको बताउँदै सन् १९९२ मा भएको राष्ट्रपतीय निर्वाचनमा जर्ज बुस सिनियरको जस्तो इतिहास नदोहोर्याउने बताएका छन्। सन् १९९२ मा जर्ज बुसले दोस्रो पटक राष्ट्रपति बन्ने पाएका थिएनन्।
अमेरिकामा राष्ट्रपतीय निर्वाचन जित्नका लगि स्विंग स्टेट जित्न जरूरी हुन्छ। यिनै राज्यको मत नै राष्ट्रपतीय निर्वाचनका लागि निर्णायक मत हुने गरेको छ। जुन राज्यमा मतदाताको झुकाव बद्लिरहन्छ र जुनसुकै बेला पनि जसको पक्षमा पनि मतदान गर्ने मतदाता छन् तिनै राज्यलाई स्विंग स्टेट भन्ने गरिन्छ। अर्थात् कहिले उनीहरू डेमोक्रेट उम्मेदवारको पक्षमा मतदान गर्ने गर्छन् भने कहिले रिपब्लिकनको पक्षमा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।