न्यूयोर्क- अमेरिकी राष्ट्रपति निर्वाचनको आइरहेको मत परिणामका बीच राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको एक संम्बोधनमा आफूले निर्वाचन जितिसकेको दाबी गरेका छन्।
ट्रम्पले आफ्नो परिवार र करोडौं समर्थकलाई धन्यवाद दिँदै ट्रम्पले भने, ‘हामी ठूलो समारोहका लागि तयारी अवस्थामा थियौं। हामी सबै जितिरहेका थियौं।’
त्यही क्रममा ट्रम्पले मतदाताहरूबाट उनीहरूको भोट दिन अधिकार छिनेकाले आफूमाथि ठूलो धोका भएको आरोप लगाएका छन्।
उनले भने, ‘हामी भव्य समारोहका लागि तयारी गर्दैथियौं। अचानक मतदाताहरूलाई मताधिकारबाट वञ्चित गरिएको खवर आयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।