काठमाडौं- अमेरिकी राष्ट्रपतिको निर्वाचनमा महत्वपूर्ण मानिएको अर्को राज्य विस्कोन्सिनमा जो बाइडनले डोनाल्ड ट्रम्पभन्दा ०.३ प्रतिशतले अग्रता बनाएका छन्। यहाँ अघिल्लो निर्वाचनमा ट्रम्पको जित भएको थियो।
अहिलेसम्म यहाँ करीब ८९ प्रतिशत मत गणना भइसकेको छ। डोनाल्ड ट्रम्पको पक्षमा १५ लाख ६६ हजार ८४४ भोट प्राप्त भएको छ भने बाइडेनको पक्षमा १५ लाख ७८ हजार ४३३ भोट प्राप्त भएको छ।
मत प्रतिशतको दृष्टिकोणबाट हेर्दा यो डोनाल्ड ट्रम्पका लागि ४९ प्रतिशत हो भने बाइडनका लागि ४९.३ प्रतिशत।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।